advertisement

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

" /> आठ महिने शिशुसंगै गुल्मीमा फेरि १० कोरोना संक्रमितको पुष्टि - Sarbocha Media

आठ महिने शिशुसंगै गुल्मीमा फेरि १० कोरोना संक्रमितको पुष्टि

`

     २०७७ आषाढ ०३ गते ४:०७

गुल्मी, ३ असार । गुल्मीमा फेरि १० जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।

आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमितको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण फेला भएको जनाइएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थप संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा रहेका छन् ।

advertisement

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?