नेपालगन्ज, ३ असार । बाँकेमा कोरोना भाइरसबाट एक महिलाको ज्यान गएको छ।
बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको जनाइएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

उनी बाँकेकी कोरोनाबाट ज्यान गएको दोस्रो व्यक्ति हुन् । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट ज्यान गएको थियो । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या २० पुगेको छ ।




