advertisement

अक्सफोर्ड युनिभर्सिटीको एउटा टोलीले अस्पताल भर्ना भएका २००० बिरामीहरुलाई यो औषधि दिएको थियो । यसको रिजल्ट भेन्टिलेटरबाट बचेका बिरामीहरूले यस औषधिको प्रभावबाट मर्ने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा घटाए, र अक्सिजन चाहिनेहरूले मर्ने सम्भावना २५प्रतिशतबाट २० प्रतिशतमा घटाए।

" /> कोरोनाको औषधि पत्ताा लाग्यो, विश्वभर सस्तो मूल्यमा पाइने - Sarbocha Media

कोरोनाको औषधि पत्ताा लाग्यो, विश्वभर सस्तो मूल्यमा पाइने

`

     २०७७ आषाढ ०३ गते १२:५६

एजेन्सी, ३ असार । जहाँसुकै सस्तो मूल्यमा पाइने औषधि डेक्समेथासोनले कोरोना भाइरसबाट बचाउने तथ्य पत्ता लागेको छ ।

कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरूको ज्यान बचाउन सहयोग पु¥याउन सक्ने भएको हो । औषधिको थोरै मात्रामा प्रयोगले कोरोनाविरुद्धको लडाईमा ठूलो सफलता प्राप्त भएको बेलायतका विज्ञहरूले जनाएको छ ।

गम्भीर बिरामी परेको कारण भेन्टिलेटरको सहारा लिनु पर्ने बिरामीहरू, यस औषधिको कारण तिनीहरूको मृत्युको जोखिम लगभग एक तिहाईले घटेको छ। अक्सिजनको खाँचो परेको विरामीलाई समेत औषधिको कारण कोरोनाबाट मर्ने जोखिम एक तिहाईले कम गरेको जनाइएको छ ।

वैज्ञानिकहरुका अनुसार औषधिको कारण कोरोनका २० बिरामीहरूमध्ये १९ जना अस्पतालमा भर्ना नभई निको भइरहेका छन् । अस्पतालमा भर्ना भएका धेरै बिरामीहरू पनि ठीक भइरहेका छन् ।

advertisement

अक्सफोर्ड युनिभर्सिटीको एउटा टोलीले अस्पताल भर्ना भएका २००० बिरामीहरुलाई यो औषधि दिएको थियो । यसको रिजल्ट भेन्टिलेटरबाट बचेका बिरामीहरूले यस औषधिको प्रभावबाट मर्ने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा घटाए, र अक्सिजन चाहिनेहरूले मर्ने सम्भावना २५प्रतिशतबाट २० प्रतिशतमा घटाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?