दाङ, २ माघ । पश्चिम दाङमा डोजरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
advertisement
डोजरको ठक्करबाट ज्यान गएका वृद्ध शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षीय लाल बहादुर थापा रहेका छन् । वृद्धलाई डोजरले गएराति बुधबार साढे नौ बजेतिर ठक्कर दिएको बताइएको छ ।
प्रहरीका अनुसार पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्वरको डोजरले ठक्कर दिँदा वृद्धको घटना स्थलमै मृत्यु भएको थियो । डोजरको ठक्करबाट थापाको टोउको र दाहिने हातमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।




