एजेन्सी, २ असार । चीनको राजधानी बेइजिङमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण लगतार फैलिदै गएपछि यसलाई नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको जनाइएको छ। हाल बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका विश्व स्वास्थ्य सङ्गठनका जनाएको छ ।

केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोरोनाको सङ्क्रमित फेला परेका थिए।




