advertisement

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।छलफलपछि कानूनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

" /> नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक आज पारित हुँने - Sarbocha Media

नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक आज पारित हुँने

`

     २०७७ ज्येष्ठ ३१ गते २:४९

काठमाडौं, ३१ जेठ । आज दिउँसो १ बजे हुने प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने भएको छ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

advertisement

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।छलफलपछि कानूनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?