कालिकोट, २८ जेठ । करिब ५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खसेको छ ।
कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खस्दा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय जानकारी दिएको छ । टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।




