२७ जेठ, काठमाडौं । सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउनका अवधी भरमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेका छन् । करिब दुई महिनाको अवधीमा उक्त तथ्याँक बाहिरिएका हो ।

तथ्याँकका अनुसार प्रदेश १ मा एक सय छयासी जना, प्रदेश २ मा एक सय बाउन्न जना, प्रदेश ३ मा दुई सय एकतिस जना, प्रदेश ४ मा एक सय एक्काईस जना, प्रदेश ५ मा दुई सय बयालिस जना, प्रदेश ६ मा अन्ठाउन्न जना र प्रदेश ७ मा एक सय पन्ध्र जनाले चैत ११ देखि १७ जेठ १७ सम्मको अवधिमा आत्महत्या गरेका छन् । यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो ।




