कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार रुल, सखरखण्ड र पिँडालु लगायतका कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको छ । समितिको दैनिक मूल्य सूचीअनुसार गतवर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।

गतवर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी ५५ रुपैँया र पिँडालुको खुद्रा मूल्य ६५ रुपैँया थियो भने यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैँया र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो ८५ रुपैँया पुग्यो ।

" /> तरुल, सखरखण्ड र पिँडालुकाे मूल्य झण्डै दोब्बरले बढ्याे - Sarbocha Media

तरुल, सखरखण्ड र पिँडालुकाे मूल्य झण्डै दोब्बरले बढ्याे

`

     २०७६ माघ ०१ गते ४:३८

काठमाडौँ, १ माघ । नेपालका विभिन्न समुदायले मनाउँने माघे संक्रान्तिको दिन बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालु लगायतका कन्दमूलको भाउ यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार रुल, सखरखण्ड र पिँडालु लगायतका कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको छ । समितिको दैनिक मूल्य सूचीअनुसार गतवर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।

गतवर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी ५५ रुपैँया र पिँडालुको खुद्रा मूल्य ६५ रुपैँया थियो भने यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैँया र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो ८५ रुपैँया पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?