काठमाडौं, २३ जेठ । यूएईबाट १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सारजाह विमानस्थलबाट १५७ जना नेपालीलाई लिएर आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान अवतरण गरेको छ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपालीलाई लिएर अरेवियाको विमानमा नेपाल आएको जनाइएको छ ।




