कोरोना भाइरस संक्रमितको संख्या २९ सय नाघ्यो, शुक्रबार २ सय ७८ जना संक्रमितको पुष्टि

`

     २०७७ ज्येष्ठ २३ गते १०:५६

काठमाडौं, २३ जेठ। नेपालमा आज दिउँसोसम्ममा कोरोना भाइरस संक्रमितको संख्या २९ सय नाघेको छ ।

शुक्रबार थप २ सय ७८ जना कोरोना संक्रमितको पुष्टि भएसंगै २९ सय नाघेको हो । सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो ।

उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उहाँका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?