सप्तरी, २१ जेठ। सप्तरी जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको छ । उक्त झडपमा १५ जना घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरेको जनाएको छ । जग्गा सम्बन्धी विवादमा दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको बताइएको छ ।




