advertisement

सरकारले व्यवसायी तथा मध्यम वर्गीय परिवारका लागि नहेरेको भन्दै विरोध जनाएको बताइएको छ । जोरपाटीका व्यवसायीले पसल सञ्चालन गर्न दिन वा घरभाडा छुट दिन माग गरेका छन् ।

" /> भोकका कारण मर्नुपर्ने अवस्था आएको भन्दै लकडाउनको विरोधमा उत्रिए नागरिक - Sarbocha Media

भोकका कारण मर्नुपर्ने अवस्था आएको भन्दै लकडाउनको विरोधमा उत्रिए नागरिक

`

     २०७७ ज्येष्ठ २१ गते ५:२७

काठमाडौं, २१ जेठ । सरकारले लकडाउन लगाएपछि व्यवसायहरु ठप्प भएको छ । लामो समयको लकडाउनले आममानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।

यसै कारण काठमाडौंको जोरपाटीमा स्थानीयवासीले मंगलबार पसल खोलेर विरोध जनाएका छन् । त्यस्तै सुर्खेत, धनगढी भोककै कारण मर्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरू लकडाउनको विरोधमा उत्रिन थालेका छन् ।

advertisement

सरकारले व्यवसायी तथा मध्यम वर्गीय परिवारका लागि नहेरेको भन्दै विरोध जनाएको बताइएको छ । जोरपाटीका व्यवसायीले पसल सञ्चालन गर्न दिन वा घरभाडा छुट दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?