बैतडी, २० जेठ । बैतडीको क्वारेन्टाइनमा एक युवतीको ज्यान गएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका २२ वर्षीया एक युवतीको सोमबार साँझ ज्यान गएको छ ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको जनाइएको छ ।




