सुर्खेत, १९ जेठ। हिमाली जिल्लाहरुमा विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यालयसंगै यार्सागुम्बा पनि संकलन गर्न दिइने भएको हो । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ।




