काठमाडौं , १९ जेठ । नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २१ जान घाइते भएका छन् । घाइते मध्य ६ जनाको अवस्था गम्भीर रहेको छ ।

भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ जाँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना भएको जनाइएको छ ।
नेपालगञ्जबाट दाङ हुँदै सलयान जानलागेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ। उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान हुन नसको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको नेपालगन्ज उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ ।




