advertisement

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

" /> उपचारपछि थप २१ जना कोरोना संक्रमितहरु गण्डक अस्पतालबाट डिस्चार्ज - Sarbocha Media

उपचारपछि थप २१ जना कोरोना संक्रमितहरु गण्डक अस्पतालबाट डिस्चार्ज

`

     २०७७ ज्येष्ठ १४ गते ४:५५

वीरगञ्ज, १४ जेठ। पर्सामा थप २१ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमितहरु उपचारपछि निको भएर राति नै डिस्चार्ज गरिएको जनाइएको छ ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि गण्डक अस्पतालबाट २१ जनालाई रातिनै डिस्चार्ज गरेको हो ।

६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

advertisement

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?