वीरगञ्ज, १४ जेठ। पर्सामा थप २१ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमितहरु उपचारपछि निको भएर राति नै डिस्चार्ज गरिएको जनाइएको छ ।
लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि गण्डक अस्पतालबाट २१ जनालाई रातिनै डिस्चार्ज गरेको हो ।
६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।




