एजेन्सी, १३ जेठ । कोरोना भाइरसको संक्रमण विश्वका आर्थिक अवस्था तहसनहस परिरहेको समयमा फेसबुक संस्थापक तथा सीईओ मार्क जुकरबर्गले भने अर्बौं कमाइरहेका छन् ।
जुकरबर्गले पछिल्लो २ महिनामा मात्रै आफ्नो कूल सम्पत्तिमा ३० अर्ब डलरले वृद्धि गर्न सफल भएको जनाइएको छ ।
मार्चको मध्यताका जुकरबर्गको कूल सम्पत्ति ५७ अर्ब ५० करोड डलर थियो । अहिले उनको सम्पत्ति बढेर ८७ अर्ब ५० करोड डलर पुगेको ब्लुम्बर्ग अर्बपति सूचकांकमा उल्लेख छ ।

योसँगै जुकरबर्ग विश्वका सर्वाधिक धनी मान्छेको सूचीमा तेस्रो स्थानमा उक्लिन सफल भएका छन् ।




