वीरगन्ज, १२ जेठ । नेपालमा कोरोनाबाट थप एकजना ७० वर्षीय वृद्धको ज्यान गएको छ।
मृत्यु भएको वृद्धको अन्त्येष्टि समेत गरिसकिए पछि कोरोनाको कारण ज्यान गएको जनाइएको छ । उनी कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति हुन्। उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको थियो ।

बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका चौधरी थरका ७० वर्षीय वृद्धको पीसीआर रिपोर्ट नआउँदै अस्पताललाई शव बुझाएको जनाइएको छ ।
कोरोनाबाट ज्यान गुमाएको वृद्ध दम र निमोनियाबाट ग्रसित थिए । वृद्धालाई मेडिकल कलेजको आइसीयुमा जेठ २ गते दिउँसो भर्ना गरिएको थियो ।




