काठमाडौं, ८ जेठ । कोरोना भाइरसको संक्रमणको त्राससंगै नेपालमा भूकम्पको पनि त्रास बढेको छ। नेपालको केही स्थानहरुमा भूकम्पको गएको छ ।
आज मात्र भक्तपुर र दार्चुला गरी दुई स्थानमा भूकम्प गएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो । त्यस्तै बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा पनि भूकम्प गएको छ ।

आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।




