advertisement

संक्रमितहरुको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

" /> फेरि १७ जना कोरोना संक्रमित फेला, संक्रमित को संख्या ४ सय ४४ पुग्यो - Sarbocha Media

फेरि १७ जना कोरोना संक्रमित फेला, संक्रमित को संख्या ४ सय ४४ पुग्यो

`

     २०७७ ज्येष्ठ ०८ गते २:१२

काठमाडौं ८ जेठ । आज विहान फेरि १७ जना कोरोना भाइरसको संक्रमित थपेका छन् ।

झापा, धनकुटा र सुनसरी जिल्लामा १७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु छन् ।

यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको जनाइएको छ ।

advertisement

संक्रमितहरुको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?