ललितपुर, ६ जेठ । नेपालमा पहिलो पटक चिकित्सकमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको पाइएको छ।
ललितपुर ठेगान भएका टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको जनाइएको छ। उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत रहेका छन् ।

२६ वर्षीय डाक्टर बाहिर जिल्लाको रहेको तर ललितपुर ठेगाना मात्रै लेखिएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए।




