३ जेठ, काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भेटिएको छ । तीन जनामा कोरोना भेटिएसंगै संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् । आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।
आज मात्र ९ जनामा कोरोना भेटिएको छ ।




