काठमाडौं, १ जेठ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएर २ सय ४५ नै रहेको जनाइएको छ ।
यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।
मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारीपछि संख्या दोहोरिएको बताइएको छ ।




