काठमाडौं, ३१ वैशाख। भक्तपुरका कोरोना पुष्टि भएका दुई जना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि हो ।
कोरोना संक्रमित पुष्टि भएका सशस्त्र प्रहरी २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको जनाइएको छ ।

दुवाकोटका पुरुषलाई कसरी कोरोना सर्यो भनेर पत्तता भने लागिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम भइरहेको छ ।अर्की दुई दिन अगाडि सुनसरीबाट आएकी २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् ।
दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको जनाइएको छ । प्रहरीमा संक्रमण देखिएको कारण नेकपाको आजको बैठक पनि स्थगित भएको छ ।




