advertisement

उनीहरुले आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा आफू जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाउने काममा महानगरको मुल नेतृत्व लागेको आरोप लगाएका हुन ।

कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरि जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन्। उनीहरुले भरतपुर महानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा संलग्न नरहने समेत जनाएका छन्।

कोरोनाको नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको नियन्त्रण र समन्वयमा भरतपुर १० मा भरतपुर महानगरको मेयरको सयोजकत्वमा स्थापित अस्थायी कोरोना अस्पतालवाट स्वास्थ्य उपचारका लागि राखिएका औषधि तथा स्वास्थ्य उपकरणहरु चोरी भएको भिडीयो फुटेज यसअघी सार्वजनिक भएको थियो।

" /> अस्पतालको सामान चोर्नेलाई बचाउन लागे भन्दै मेयर रेणुलाई उपमेयर र वडाध्यक्षहरुले गरे बहिष्कार - Sarbocha Media

अस्पतालको सामान चोर्नेलाई बचाउन लागे भन्दै मेयर रेणुलाई उपमेयर र वडाध्यक्षहरुले गरे बहिष्कार

`

     २०७७ वैशाख ३० गते ९:३०

भरतपुर, ३० वैशाख । भरतपुर महानगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थायी अस्पतालको सामान चोरी गर्ने कर्मचारीहरुलाई मेयर रेणु दाहालले कार्वाही गर्न उदासिन रहि बचाउन लागेको भन्दै उपमेयर पार्वती शाही ठकुरी सहितका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार विज्ञप्ती निकाली चोरी जस्तो फौजदारी अपराधमा सलग्न कर्मचारीहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन देखिएको आरोप लगाएका छन्।

advertisement

उनीहरुले आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा आफू जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाउने काममा महानगरको मुल नेतृत्व लागेको आरोप लगाएका हुन ।

कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरि जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन्। उनीहरुले भरतपुर महानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा संलग्न नरहने समेत जनाएका छन्।

कोरोनाको नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको नियन्त्रण र समन्वयमा भरतपुर १० मा भरतपुर महानगरको मेयरको सयोजकत्वमा स्थापित अस्थायी कोरोना अस्पतालवाट स्वास्थ्य उपचारका लागि राखिएका औषधि तथा स्वास्थ्य उपकरणहरु चोरी भएको भिडीयो फुटेज यसअघी सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?