सबैभन्दा खतरा त यो छ कि, इरानले आवेशमा आक्रमण ग¥यो भने त्यसले अमेरिकालाई प्रत्यक्ष युद्ध गर्न बाध्य हुनेछ । यसले दुई देश आम्ने साम्ने युद्धमा उत्रने छन् र यसको परिणाम के हुन्छ भन्न सकिन्न ।

इरानले अमेरिकालाई युद्धमा त नजित्ला तर यसको परम्परागत शक्तिको अघि अमेरिकाले निकै ठुलो मूल्य चुकाउनु पर्नेछ । इरानसँग मध्यम दुरीका मिसायलहरू छन् जसले मध्यपूर्वमा अवस्थित अमेरिकी अखडाहरूमा निशाना बनाउन सक्छ ।

चीन र रसियाले पनि तीव्र ढङ्गले युद्धको विरोध गर्न सक्छन् तर इराकलाई परास्त गर्न वा लिबियाको सत्ता ढाल्ने बेलामा जस्तो प्रत्यक्ष युद्धमा सरिक हुने देखिँदैनन् ।

यता ट्रम्पको उत्ताउलो र भड्काउपूर्ण व्यवहारको कारणले पनि इरानसँग युद्ध भड्किन सक्छ ।

जे होस् अमेरिकालाई पनि इरानसँगको युद्ध उसको हित विरुद्ध छ । त्यसैले त्यसलाई पन्छाउने सबैभन्दा उपयुक्त मार्ग इरानसँग संवाद गर्नु नै हो । ट्रम्प आफैँले पनि संवादका लागि खुला रहेको बताउने गरेका छन् ।

बन्दी आदान–प्रदानबाट दुई देशबिचको संवाद सुरु गर्न सकिन्छ । इरानको कारागारमा रहेका वा हराइरहेका अमेरिकीलाई जेलमुक्त गर्दा वार्ताका लागि एउटा महत्त्वपूर्ण मार्ग निर्माण हुनेछ । तेहरानको नेतृत्व यसका लागि तयार देखिन्छ । वार्ताका लागि अमेरिका लचिलो भएमा धेरै सहज हुनेछ । तर, दुर्भाग्यवश आजको अवस्थामा त्यो सम्भावना कम छ । अझै पनि आशा कहाँ अडिएको छ भने, अमेरिकी कङ्ग्रेस, अमेरिकाका मित्र राष्ट्र र अन्य शक्तिले यो विध्वंसात्मक द्वन्द्व हुन नदिन हस्तक्षेप गर्न सक्छन् ।

advertisement

अमेरिकाका र अन्यत्रका समाचार संस्थाले इरानको सन्दर्भमा के भइरहेको छ भन्ने समाचार प्रस्तुत गर्दा सत्य तथ्यमा आधारित भएर गर्नुपर्छ। यो जोकोहीलाई लागेको भन्दा निकै महत्त्वपूर्ण कुरा हो । इराक युद्धअघि अमेरिकामा सबैभन्दा विश्वस्त समाचार संस्थाले समेतफिल्मी कथाजस्ता युद्ध उन्मादी प्लट प्रस्तुत गरेर युद्धका लागि जनतालाई भड्काएका थिए । इरानको हकमा त्यही घटना पुनः दोहो¥याउन कदापि हुँदैन ।

युद्धले कसैको कहिल्यै भलो हुँदैन न त भएकै छ । युद्ध रोकौँ, भाइचाराको सम्बन्ध विकास गरौँ ।

" /> के इरान–अमेरिका युद्ध होला? - Sarbocha Media

के इरान–अमेरिका युद्ध होला?

`

     २०७६ पौष २० गते ६:१४

इराकमा अमेरिकी ड्रोन हमलाले इरानको सबैभन्दा महत्त्वपूर्ण सैन्य नेता, मेजर जनरल कासिम सुलेमानीलाई मारेको घटना पछि सोसल मिडियामा एक प्रश्नको चर्चाले प्रभाव पारेको छ। के यसले इरान–अमेरिका युद्ध होला?

धेरै विश्लेषकहरू भन्छन्, इरानी जर्नेल सुलेमानीको हत्याले इरानलाई बदला लिन बाध्य पार्छ । यो कुरा खाली देशको गरिमा र फेस सेभिङको हिसाबले मात्र नभएर राज्य र नेतृत्वदायी अस्तित्वको आत्मरक्षाको हिसाबले आवश्यक छ । देशकै शिर्षस्थ व्यक्तिको हत्या केवल मुखमा हानेको थप्पड नभएर राज्य विरुद्धकै धम्की हो ।

इरानले खाली सुलेमानीको हत्याको बदला लिन मात्र नभएर अबको दिनमा फेरि इरान विरुद्ध अमेरिकाले यस्तो आक्रमण गर्न नसकोस् भन्ने हिसाबले चेतावनी दिनको लागि पनि बदला लिन दबाब महसुस गर्न सक्छ । र, उसले बदला लियो भने त्यो बदलाको रूप कस्तो भएर जान्छ, त्यो भने यकिनसाथ भन्न सकिन्न ।

यस्तो खाले अस्तित्वमाथिकै धम्कीपूर्ण अवस्था आउँदा कुनै पनि देशले अपनाउन सक्ने दुई वटा मार्गहरू छन्ः निरीह भएर बस्नु र वार्ता वा आक्रमण गर्नु ।

सबैभन्दा खतरा त यो छ कि, इरानले आवेशमा आक्रमण ग¥यो भने त्यसले अमेरिकालाई प्रत्यक्ष युद्ध गर्न बाध्य हुनेछ । यसले दुई देश आम्ने साम्ने युद्धमा उत्रने छन् र यसको परिणाम के हुन्छ भन्न सकिन्न ।

इरानले अमेरिकालाई युद्धमा त नजित्ला तर यसको परम्परागत शक्तिको अघि अमेरिकाले निकै ठुलो मूल्य चुकाउनु पर्नेछ । इरानसँग मध्यम दुरीका मिसायलहरू छन् जसले मध्यपूर्वमा अवस्थित अमेरिकी अखडाहरूमा निशाना बनाउन सक्छ ।

चीन र रसियाले पनि तीव्र ढङ्गले युद्धको विरोध गर्न सक्छन् तर इराकलाई परास्त गर्न वा लिबियाको सत्ता ढाल्ने बेलामा जस्तो प्रत्यक्ष युद्धमा सरिक हुने देखिँदैनन् ।

यता ट्रम्पको उत्ताउलो र भड्काउपूर्ण व्यवहारको कारणले पनि इरानसँग युद्ध भड्किन सक्छ ।

जे होस् अमेरिकालाई पनि इरानसँगको युद्ध उसको हित विरुद्ध छ । त्यसैले त्यसलाई पन्छाउने सबैभन्दा उपयुक्त मार्ग इरानसँग संवाद गर्नु नै हो । ट्रम्प आफैँले पनि संवादका लागि खुला रहेको बताउने गरेका छन् ।

बन्दी आदान–प्रदानबाट दुई देशबिचको संवाद सुरु गर्न सकिन्छ । इरानको कारागारमा रहेका वा हराइरहेका अमेरिकीलाई जेलमुक्त गर्दा वार्ताका लागि एउटा महत्त्वपूर्ण मार्ग निर्माण हुनेछ । तेहरानको नेतृत्व यसका लागि तयार देखिन्छ । वार्ताका लागि अमेरिका लचिलो भएमा धेरै सहज हुनेछ । तर, दुर्भाग्यवश आजको अवस्थामा त्यो सम्भावना कम छ । अझै पनि आशा कहाँ अडिएको छ भने, अमेरिकी कङ्ग्रेस, अमेरिकाका मित्र राष्ट्र र अन्य शक्तिले यो विध्वंसात्मक द्वन्द्व हुन नदिन हस्तक्षेप गर्न सक्छन् ।

advertisement

अमेरिकाका र अन्यत्रका समाचार संस्थाले इरानको सन्दर्भमा के भइरहेको छ भन्ने समाचार प्रस्तुत गर्दा सत्य तथ्यमा आधारित भएर गर्नुपर्छ। यो जोकोहीलाई लागेको भन्दा निकै महत्त्वपूर्ण कुरा हो । इराक युद्धअघि अमेरिकामा सबैभन्दा विश्वस्त समाचार संस्थाले समेतफिल्मी कथाजस्ता युद्ध उन्मादी प्लट प्रस्तुत गरेर युद्धका लागि जनतालाई भड्काएका थिए । इरानको हकमा त्यही घटना पुनः दोहो¥याउन कदापि हुँदैन ।

युद्धले कसैको कहिल्यै भलो हुँदैन न त भएकै छ । युद्ध रोकौँ, भाइचाराको सम्बन्ध विकास गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?