स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने

`

     २०८३ वैशाख २९ गते ९:३३

काठमाडौं । आइसिसी विश्व कप लिग टु मा नेपाल विरुद्ध स्कटल्यान्डले टस जितेको छ। टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।

लिग टु अन्तर्गत पछिल्लो सिरिजको अन्तिम खेलमा ओमानसँग खेलेको प्लेइङ इलेभेनलाई नै आज पनि निरन्तरता दिइएको हो।

स्कटल्याण्ड २८ खेलमा १४ जित र ८ हार सहित ३४ अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा छ। नेपालले २४ खेल खेलेर ८ जित र १४ हारमा मात्र १८ अंक बनाएको छ। आठ राष्ट्र सम्मिलित जारी लिगमा नेपाल सातौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?