काठमाडौँ । जागुआर प्लाइले राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
श्रीगणेश प्लाइउड इन्डस्ट्रियल प्रालिले सञ्चालन गरिरहेको जागुआर प्लाइको दीर्घकालीन ब्रान्डिङ रणनीतिको महत्त्वपूर्ण हिस्सा बनाउने उद्देश्यले क्रिकेटर सोमपाललाई ब्रान्ड एम्बासडर घोषणा गरेको जनाएको छ ।
नेपाली क्रिकेटमा विश्वसनीय र समर्पित खेलाडीको रुपमा परिचित सोमपाल आफ्नो निरन्तर प्रदर्शन, कडा मिहिनेत र भरोसायोग्य क्षमताका लागि परिचित छन् । यी गुणहरूसँग जागुअर प्लाइको मजबुती, टिकाउपन र विश्वास भन्ने ब्रान्ड मूल्यसँग प्रत्यक्ष मेल खाने कम्पनीको विश्वास छ ।




