लिग टु मा ४ खेलपछि यूएईमाथि नेपालको जित

`

     २०८३ वैशाख १२ गते ६:०१

काठमाडौं, वैशाख १२ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।

नेपालले लिग टु मा ४ खेलपछि पहिलो जित निकालेको हो । यो १० महिनापछिको पहिलो जित समेत हो भने घरेलु मैदानमा दोस्रो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?