जापानले इंग्ल्यान्डलाई हराउँदै रचे इतिहास

`

     २०८२ चैत्र १८ गते १०:०७

काठमाडौं, चैत १८ । जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जापानले इंग्ल्यान्डलाई १–० ले पराजित गरेको हो ।

लन्डनस्थित वेम्बली रंगशालामा मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा जापानका काओरु मितोमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको २३औं मिनेटमा मितोमाले उत्कृष्ट काउन्टर आक्रमणलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यसअघि इंग्ल्यान्डसँगको भेटमा दुई हार र एक बराबरी खेलेको जापानले अन्ततः जित निकाल्दै नयाँ इतिहास रचेको हो । साथै, यो इंग्ल्यान्डविरुद्ध कुनै पनि एसियाली राष्ट्रको पहिलो जित पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?