काठमाडौँ, चैत १६ । जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । सोमबार पर्सामा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.२ ओभरमा अल आउट हुदै १५६ रन बनाएको थियो ।



