काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासकै सर्वाधिक विशाल योगफल बनाएको नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ।
मंगलबार भएको खेलमा पुलिस क्लबले एपीएफलाई १ सय ८५ रनको विशाल अन्तरले हराएको हो।
पुलिस क्लबले पहिलो जित हात पारेको दिन एपीएफले भने पहिलो हार व्यहोरेको छ। एपीएफले पहिलो खेलमा बागमतीलाई ७१ रनले हराएको थियो।
पुलिस क्लबले पहिलो खेलमा आर्मीसँग २२ रनको हार व्यहोरेको थियो।



