काठमाडौं, फागुन १३ । नेपालले अर्को महिना हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाल र थाइल्यान्डबीच चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।
नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको हो। यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
एएएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ।



