साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख सहयोग गर्ने

`

     २०८२ फाल्गुन १२ गते ११:०४

काठमाडौँ, फागुन १२ । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साम्बाको उपचारका लागि खेलाडीको उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन्।

उनले लेखेका छन्, – एन्फा अध्यक्षलाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ञसाम्बाझलाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?