एजेन्सी, फागुन ३ । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।



