काठमाडौं, माघ १९ । पोखरामा सञ्चालन भइरहेको साफ महिला यू-१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २-१ गोलको जित निकाल्यो।
नेपालको जितमा संगिता बढुवालले खेलको ३६ मिनेटमा पहिलो गोल गरिन्।
यस्तै प्रतिजा राईले ७० मिनेटमा टोलीको अग्रता दोब्बर पारेकी थिइन्।
भुटानका लागि ८७ मिनेटमा एक गोल गरेको थियो।






