दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंका ए सँग पराजित

`

     २०८२ माघ ०९ गते २:४७

काठमाडौँ, ८ माघ । नेपाली राष्ट्रिय पुरुष क्रीकेट टोली श्रीलंका ए सँग दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ।

बिहीबार श्रीलंका ए ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो । नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाए। उनले २६ बलको सामना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?