सुनचाँदीको मूल्यमा आज नयाँ रेकड, २ लाख ७८ हजार पुग्यो

`

     २०८२ माघ ०१ गते ११:०८

काठमाडौं, पुष ३० । बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?