अखिल नेपाल फुटबल संघले अर्ली इलेक्सन गर्ने

`

     २०८२ पौष १६ गते ३:३१

काठमाडौं, पौष १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी साधारणसभा माघ २८ गते हुने भएको छ। बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले माघ अन्तिम साता चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो।

५ असार २०७९ मा भएको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुँदै छ। तर, त्यही समयमा अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्यसअघि नै अर्ली इलेक्सन गर्ने पक्षमा एन्फा नेतृत्व पुगेको हो।

त्यस्तै, एन्फाले ४९ जिल्ला र सात प्रदेशको निर्वाचनविनै केन्द्रको निर्वाचन गर्न लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?