योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हटाउन सकिन्छ

`

     २०८२ पौष ०६ गते ११:१३

काठमाडौँ, ६ पुस । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताए । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताए । योग ध्यानलाई गाउँगाउँमा पुर्याउनको लागि सबैले प्रयास पनि आग्रह गरे ।

योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको बताए । योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?