काठमाडौं, पुस ४ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को अनुशासन तथा इथिक्स कमिटीले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई जरिवाना गरेको छ।
एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गतत नोभेम्बर १८ मा नेपाल र मेलसियाबीच मलेसिया भएको खेलका दौरान नियम उलङघन गरेको भन्दै एन्फालाई कारबाही गरिएक हो।
कमिटीको डिसेम्बर १५, २०२५ को बैठकको निर्णय अनुसार सो खेलको पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफको सुरुवातमा १ मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ हुँदा नेपाली अफिसियलाई दोषी देखाएको छ । सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
यो एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन हो। निर्णयमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघलाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा २ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।’
जरिवाना निर्णय सूचित भएको मितिबाट ३० दिनभित्र तिर्नुपर्नेछ, जसअनुसार एएफसी अनुशासन तथा इथिक्स संहिताको धारा ११.३ लागू हुन्छ।




