काठमाडौँ, मङ्सिर २३ । नेपाल प्रिमियर लिग ९एनपीएल० को आज पहिलो क्वालिफायर खेल हुदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शिर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सवीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।
लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।




