काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउसो ४ बजेदेखि खेल हुदैछ ।
जारी एनपीएलमा विराटनगर किंग्सले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक रहेको छ । आजको खेल जितेमा विराटनगरले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गर्नेछ ।
त्यस्तै लुम्बिनी लायन्सका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ । लुम्बिनीले हालसम्म ५ खेलमा २ जित हासिल गरेको छ भने २ ३ खेलमा हार बेहोरेको छ ।




