काठमाडौँ, मङ्सिर १२ । नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ । रोमाञ्चक खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको थियो ।
यो जितपछि विराटनगरको ५ खेलमा ८ अंक भएको छ भने कर्णालीले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।



