मंसिर ४ गतेदेखि सहिद स्मारक सी डिभिजन लिग छनोट गराउने

`

     २०८२ कार्तिक २७ गते ६:१४

काठमाडौं, कात्तिक २६ । अखिल नेपाल फुटबल संघ ले मंसिर ४ गतेदेखि सहिद स्मारक सी डिभिजन लिग छनोट गर्ने भएको छ।

एन्फाले बुधबार छनोटको ड्र समेत सार्वजनिक गरेको छ। जसमा ३९ वटा क्लबलाई १३ समूहमा विभाजन गरिएको छ।

समूह विजेता टोली नकआउट चरणमा पुग्नेछन्। पुस २८ गते हुने फाइनलम भिड्ने दुई टोलीले सी डिभिजनको मान्यता पाउनेछन्।
छनोटका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्।

सी डिभिजनमा छनोट भएपछि क्लबहरुले सी डिभिजन लिग खेल्नुका साथै एन्फाको साधारण सदस्यको मान्यता समेत प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?