काठमाडौं, असोज ३१ । हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो ।
साथै कम्पनीले कात्तिक ३० गतेका लागि पर्सास्थित रजिस्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ । साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ ।




