नेपाली फुटबल समर्थकले एन्फा अगाडी गरे प्रदर्शन

`

     २०८२ आश्विन २६ गते १२:३२

काठमाडौँ । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्। उनीहरुले एन्फा गेट अगाडि प्रदर्शन गरेका हुन् ।

धर्नामा सहभागीहरूले “फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ एडिभिजन कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?