काठमाडौँ, असोज २६ । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार दाबि परेको रकमको केवल ६.८२ प्रतिशत मात्र अहिलेसम्म भुक्तानी भएको छ ।




